• International Friendship Children's Hospital
    • 20 APR 17
    • 0
    निमोनिया

    निमोनिया

    डा कृष्ण प्रसाद पौडेल –  कन्सल्टयान्त पिडियाटिसियन

    निमोनिया भन्नाले फोक्सो को तन्तु मा हुने सुजन वा संक्रमण भन्ने बुझिन्छ .स्वाश प्रश्वास प्रणाली को विभाजन अनुसार हाम्रो स्वर यन्त्र अथवा  ल्ल्यारिंक्स भन्दा माथिको भागलाई माथिल्लो स्वाश नलि र त्यो भन्दा तल को भाग लाइ तल्लो स्वाश नाली भनिन्छ . माथिल्लो स्वश नाली कiसंक्रमण हरु मा रुघा वा राइनिटिससअ, पिनास साइनोसाइटिस ,घाटि दुख्ने फ्यारिन्जाईटिस  पर्दछन भने तल्लो नलिका संक्रमण मा इपिग्लोटाइटिस, ल्यारिन्जाईटिस, ट्राकाईटिस अनि ब्रोंन्काइटिस पर्दछन् यी सबै स्वास प्रस्वास प्रणाली अन्तरगत को नलि वा ट्रयाकट का संक्रमण हुन् भने फोक्सो मा वा फोक्सो को तन्तु मा हुने संक्रमण लाइ  निमोनिया भनिन्छ .

    बाल बालिकालाइ मृत्युको मुख मा पुर्याउने ५ प्रमुख कारक रोग हरु मा निमोनिया को स्थान् अग्रणी स्थान मा रहेको छ. यो रोग लाग्ने दर तथा यसबाट मृत्यु हुने दर नेपाल जस्ता बिकाश शिल देश हरु मा उच्च छ. बिश्व मा प्रत्येक बर्ष १५ करोड ८० लाख पटक निमोनिया हुन्छ जसमा १५ करोड ४० लाख त बिकाश शिल देश हरुमा हुने तथ्यांक छ. प्रत्येक बर्ष ३० लाख वा पाँचबर्ष भन्दा मुनिका बच्चाहरु को २९%  को मृत्यु निमोनिया का कारण हुने गर्दछ बिकसित मुलुक हरु मा भन्दा अल्प बिकसित वा  बिका सशील देश हरु मा १० गुणा बढी यो रोग लाग्ने डर रहन्छ . प्रत्येक बर्ष  पाँच बर्ष भन्दा मुनिका १२ लाख बाल बलिकाहरु निमोनिया को कारण मृत्यु को मुखमा पुग्दछन्.

     कारक तत्व अर्थात् इटईओलोजी

    निमोनिया धेरै जसो शुकक्ष्य्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरियाहरु भाइरसहरु वा फंगस हरु ले गरौदछन् . उमेर तथा अन्य स्वास्थ्य अबस्थ्या हरुले गर्दा यी भिभिन्न कितानु हरु को संक्रमण लै प्रभाव पार्दछ .जस्तो कि समुदाय मा हुने निमोनिया मा ३ हप्ता को उमेर देखि ४ बर्ष को उमेर सम्म क बालबालिका हरुमा  स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरीया को संक्रमण बढी हुन्छ भने पाँच बर्ष भन्दा पछ्ही को  बल बालिका हौर मा माइकोप्लास्मा निमोनिया  र क्लामाइडीया भन्ने कितानु को संक्रमण बढी हुन्छ .यी बाहेक अरु स्वस्थ्य बच्चा हरु मा हेमोफिलस इन्फ्लुएन्जा, ग्रुप ए स्ट्रेप्टोकोकस र इस्टाफाइलोकोकस ले निमोनिया गरौदछान.

    यच आइ भी एड्स भयेका बच्चा हरु मा टि बि  वा निमोसिसटिस जेरोवेसी ,साल्मोनेला, ई कोलाई

    तथा एटिपिकल माइको ब्याक्टेरिया ले निमोनिया गरौदछ्न. हेमोफिलस को खोप नियमित खोप मा समाबेश भए पछी यस बाट हुने संक्रमण मा ज्यादै कमि आएको छ .

    लक्क्षण हरु

    भाइरस वा ब्याक्टेरिया ले हुने निमोनिया हुनु भन्दा केहि समय अगाडी देखि माथिल्लो प्रणालीको संक्रमण देखिन्छलक्. मुख्यत रुघा खोकी ज्वोरो आउने सास फेर्न गारो हुने छिटो छिटो  सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षण हरु रोगको अबस्थ बिग्रदै जादा बढदै जान्छन.

    सामान्यतया ब्याक्टेरिया ले गर्दा हुने निमोनिया मा भाइरस ले गराउने निमोनिया मा भन्दा बढी ज्वोरो आउने वा काम ज्वोरो आउने तथा खोकी र साश फेर्न गारो हुने वा छाति दुख्ने बढी हुन्छ . कहिले कहिँ पेट मात्र दुखेर पनि वच्चा हरु अस्पताल पुग्छन

    निमोनिया भयका  बिरामीहरु लाइ  डाक्टरले जाच्दा छाती मा विभिन्न प्रकारका  आवाज हरु सुन्न सक्छन जसले गर्दा निमोनिया पत्त्ता लगाउन सजिलो हुन्छ  र आबश्यक ठानेमा यक्स रे वा अन्य टेस्ट हरु गर्न पर्न सक्छ.

    जटिलता हरु

    बेलै मा राम्रो उपचार पाउन सकिएन वा रोग पत्त्ता लागेन भने यस्ता बिरामी मा फोक्सो मा पिप पर्न वा अब्सेस हुन सक्छा ,छातीमा पिप जम्मा भएर इम्पईमा भन्ने अवस्था हुन सक्छा भने कैले कहिँ हावा लीक भएर निमोथोरक्स  हुन सक्छा.

    मुटु फेल हुने वा संक्रमण अरु अंग हरु मा फैलिन सक्छा साथै रगत मा संक्रमण फैलदा ज्यान सम्म जाने जोखिम रहन्छ.

    उपचार

    बच्चा को उमेर वा अन्य अवस्था र लक्ष्यण अनुसार विभिन्न एन्टीबायोटिक्स हरु मुख बाट खाएर वा सुई को मध्यम द्वारा  दिएर  निमोनिया को उपचार गर्न सकिन्छ .

    बचाबट

    बालबालिका हरुलाई आमाको दुध राम्ररी खुवाएर उनीहरुको रोग संग लडने क्षमता को राम्ररी विकास हुन्छ भने समुचित पोषण अनि सरसफाई ले पनि रोग लाग्न बाट बचाउछान.

    बायु प्रदूषण बिशेष गरि घर भित्र को बायु प्रदुशन र धुम्रपान नगरेर पनि निमोनिया बाट बचाउन सकिन्छ

    खोप हरु जस्तै नियमित वा सरकारले निशुल्क उपलब्ध गराएका खोप हरु पूर्ण रुपले लगाउने गर्नाले पनि भिभिन्न संक्रमण बाट बचाउन सकिन्छ . गत वर्षा देखि नेपाल सरकार ले पनि राष्ट्रिय खोप कार्यक्रम मा निमोनिया बिरुद्ध को खोप PCV १० सुरु गरिसकेको छ.

    अन्य खोप हरु जसतै  फ्लु बिरुद्ध का खोप हरु जसलाइ किन्नु पर्छ लगाउन सकिन्छ

    अबस्थ्या अनुसार बचाबट का लागि एन्टीबयोतिक्स  जस्तै  एच आइ भी भएको अवस्था मा दिईने एन्टीवायोटिक्स दिएर पनि निमोनिया बाट बचा उन सकिन्छ .

    Leave a reply →

Leave a reply

Cancel reply

Photostream