• International Friendship Children's Hospital
  • नेपालमा नवजात शिशु मृत्युदरको अवस्था र गरिएका प्रयाशहरु

    नेपालमा नवजात शिशु मृत्युदरको अवस्था र गरिएका प्रयाशहरु

    नेपाल ले सहश्राब्दी बिकाश लक्ष्य मा मातृ तथा पाँच बर्ष मुनिका बाल बालिका को मृत्युदर घटाउन उल्लेख्य प्रगति हासिल गरिसकेको छ भने बिशेष गरि १ वर्ष मुनिका बाल बालिका को मृत्यु दर पनि लक्ष्य को नजिक पुगेको अवस्था छ भने नवजात शिशु हरु को मृत्यु दर मा भने उल्लेखनीय उपलब्दी हुन नसकेको अवस्था छ l

    Read more →
  • निमोनिया

    निमोनिया

    डा कृष्ण प्रसाद पौडेल –  कन्सल्टयान्त पिडियाटिसियन निमोनिया भन्नाले फोक्सो को तन्तु मा हुने सुजन वा संक्रमण भन्ने बुझिन्छ .स्वाश प्रश्वास प्रणाली को विभाजन अनुसार हाम्रो स्वर यन्त्र अथवा  ल्ल्यारिंक्स भन्दा माथिको भागलाई माथिल्लो स्वाश नलि र त्यो भन्दा तल को भाग लाइ तल्लो स्वाश नाली भनिन्छ . माथिल्लो स्वश नाली कiसंक्रमण हरु मा रुघा

    Read more →
  • Overview of animal bites in children

    Prof. Dr. Binodman Shrestha Senior Pediatric Consultant Animal bite is a Common problem and continuing threat to human health worldwide. It is still a major public health problemparticularly in the Terai and inner Terai region of Nepal. Animal bites cause either direct injury or secondary damage due to super-added infection. Among the animal bites dog

    Read more →
  • के कारणले हुन्छ नवजात शिशुमा जण्डिस ?

    29 DEC 16 डा. कृष्णप्रसाद पौडेल कन्सल्टेण्ट पिडियाट्रिसियन   विलिरुबिनको मात्रा धेरै भई नवजात शिशुमा देखिने जण्डिस वा पहेंलोपनालाई नियोनेटल हाइपर विलिरुबिनेमिया वा नियोनेटल जण्डिस भनिन्छ । यो सामान्य वा फिजियोलोजिक तथा असामान्य वा प्याथोलोजिकल गरी दुई प्रकारको हुन्छ । वयस्कको रगतमा सामान्यतः बिलिरुविनको मात्रा १ मिलिग्राम प्रतिडेसिलिटर हुन्छ भने २ मिलिग्राम प्रति डेसिलिटरभन्दा धेरै

    Read more →
    • 17 AUG 17
    • 0
    नेपालमा नवजात शिशु मृत्युदरको अवस्था र गरिएका प्रयाशहरु

    नेपालमा नवजात शिशु मृत्युदरको अवस्था र गरिएका प्रयाशहरु

    नेपाल ले सहश्राब्दी बिकाश लक्ष्य मा मातृ तथा पाँच बर्ष मुनिका बाल बालिका को मृत्युदर घटाउन उल्लेख्य प्रगति हासिल गरिसकेको छ भने बिशेष गरि १ वर्ष मुनिका बाल बालिका को मृत्यु दर पनि लक्ष्य को नजिक पुगेको अवस्था छ भने नवजात शिशु हरु को मृत्यु दर मा भने उल्लेखनीय उपलब्दी हुन नसकेको अवस्था छ l नेपाल मा प्रतिबर्ष करिब ६ लाख ६० हजार नवजात शिशु हरु को जन्म हुने गर्दछ भने यी मध्ये करिब १३००० नवजात शिशु अथवा जन्मे को २८ दिन भित्रै मृत्यु को मुख मा पुग्ने गर्दछन् l पाँच वर्ष भन्दा मुनिका बालबालिका को मृत्यु को करिब ५५ प्रतिशत हिस्सा नवजात शिशु को मृत्यु को हुने गर्दछ l
    नवजात शिशु क मृत्यु क केहि कारण मा संक्रमण कम तौलतथा चिसो ले कठान्ग्रियेर र जन्मदा निस्सासिएर हुने गर्दछ गत वर्ष केन्द्रीय तथ्यांक बिभाग ले UNICEF को सहयोग मा गरेको Multiple Indicator Cluster Survey (MICS) मा नवजात शिशु हरु को मृत्यु दर २३ प्रति हजार जीवित जन्म मा भएको भेटिएको थियो जुन अहिले सम्म कै सबै भन्दा कम र सहशाब्दी बिकाश लक्ष्य (MDG) लक्ष्य हासिल गर्नु पर्ने १६ भन्द करिब डेढ गुना बढी हो l
    नवजात शिशु को मृत्यु दरमा कमि ल्याउनु भनेको किन गारो भएको भन्दा नवजात शिशु को मृत्यु दर सामाजिक तथा देश को सरबांगीण बिकास संग मेल खाने हुदो रहेछ जस्तो कि बिकसित देश हरु मा देखिएको नवजात शिशुहरु को मृत्युदर

    हाम्रो देशमा नवजात शिशु क मृत्यु का कारण हरु क बारेमा कम अध्धयन गरिएका छन् भने हाल सम्म क आध्ययन ले के देखाउछ भने हाम्रो मा नवजात शिशु मा हुने संक्रमण एउटा मुख्य कारण हो र यस लाइ समयमै उपचार पाओस भन्ने अभिप्राय ले नवजात शिशु हरु को समुदाय मा आधारित कार्यक्रम पहिला चलिसकेको हो र सो कार्यक्रम मा महिला स्वस्थ स्वयम सेविका हरु लाइ बिशेष तालिम दिईएको थियो र कार्यक्रम पनि संचालन भैसकेको हो तर त्यो कार्यक्रम को २०१३ मा गरिएको मुल्यांकन मा धेरै जस्तो बिरामी नवजात शिशु हरु बिरामी हुदा स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मी को मा जाने ट्रेन्ड तथा धेरै स्वयम् सेविका हरुले आशा गरेजस्तो सेवा प्रदान गर्न नसकेको देखिन्छ र गत वर्ष देखि समुदायमा आधारित नवजात सिशु कार्यक्रम मा समुदाय मा आधारित बालरोग हरु को एकिकृत बालरोगहरु को व्यबस्थापन कार्यक्रम संगै समेटेर समुदायमा आधारित नवजात शिशु तथा बालरोग को एकीकृत ब्यबस्थापन कार्यक्रम संचालित छ l
    साथै नवजात शिशु हरु को समस्या हरु लाइ फोकस गरेर स्वास्थ्य संस्था हरु मा हुने उपचार पद्दति का लागि प्रोटोकल विकास तालिम तथा संस्था हरु मा आबश्यक औजार उपकरण हरु को व्यबस्थापन SAARC Development Fund तथा UNICEF को सहयोग मा हुदैछ जसले नवजात शिशु हरु को मृत्युदर घटाउन उल्लेख्य योगदान दिनेछ भन्ने अपेक्षा गरिएको छ l
    यसै वर्षा देखि निशुल्क नवजात शिशु हरु को उपचार तथा नवजात शिशु हरु को उपचार क लागि प्रेषण गर्दा यातायात खर्च दिने कार्यक्रम पनि पाइलोटिंग का रुप मा ४ बटा जिल्ला हरु मा सुरु गरिएको छ l कान्ति बाल अस्पताल नेपाल का सबै भाग बाट उपचार हुन नसकेर प्रेषण भएर आउने नवजात शिशु हरु को पनि एउटा आस्था को धरोहर हो र यस अस्पताल ले हाल NICU तथा NIMCU तथा सुर्जिकल ICU का सेवा मार्फत नवजात शिशु को उचित उपचारको सेवा मात्र दिईरहेको छैन देश क लागि आबश्यक जनशक्ति को उत्पादन पनि गरिरहेको छ र समग्र देश को नवजात शिशु हरु को मृत्युदर घटाउन यस अस्पताल को अहम भूमिका लाइ कसैले नकार्न सक्दैन l

    डा. कृष्ण प्रसाद पौडेल
    प्रमुख कन्सल्टेन्ट बालरोग बिशेषज्ञ

    Leave a reply →

Leave a reply

Cancel reply

Photostream