blog-post-image
8/17/2017 12:00:00 PM by डा. कृष्ण प्रसाद पौडेल

नेपाल ले सहश्राब्दी बिकाश लक्ष्य मा मातृ तथा पाँच बर्ष मुनिका बाल बालिका को मृत्युदर घटाउन उल्लेख्य प्रगति हासिल गरिसकेको छ भने बिशेष गरि १ वर्ष मुनिका बाल बालिका को मृत्यु दर पनि लक्ष्य को नजिक पुगेको अवस्था छ भने नवजात शिशु हरु को मृत्यु दर मा भने उल्लेखनीय उपलब्दी हुन नसकेको अवस्था छ l नेपाल मा प्रतिबर्ष करिब ६ लाख ६० हजार नवजात शिशु हरु को जन्म हुने गर्दछ भने यी मध्ये करिब १३००० नवजात शिशु अथवा जन्मे को २८ दिन भित्रै मृत्यु को मुख मा पुग्ने गर्दछन् l पाँच वर्ष भन्दा मुनिका बालबालिका को मृत्यु को करिब ५५ प्रतिशत हिस्सा नवजात शिशु को मृत्यु को हुने गर्दछ l
नवजात शिशु क मृत्यु क केहि कारण मा संक्रमण कम तौलतथा चिसो ले कठान्ग्रियेर र जन्मदा निस्सासिएर हुने गर्दछ गत वर्ष केन्द्रीय तथ्यांक बिभाग ले UNICEF को सहयोग मा गरेको Multiple Indicator Cluster Survey (MICS) मा नवजात शिशु हरु को मृत्यु दर २३ प्रति हजार जीवित जन्म मा भएको भेटिएको थियो जुन अहिले सम्म कै सबै भन्दा कम र सहशाब्दी बिकाश लक्ष्य (MDG) लक्ष्य हासिल गर्नु पर्ने १६ भन्द करिब डेढ गुना बढी हो l
नवजात शिशु को मृत्यु दरमा कमि ल्याउनु भनेको किन गारो भएको भन्दा नवजात शिशु को मृत्यु दर सामाजिक तथा देश को सरबांगीण बिकास संग मेल खाने हुदो रहेछ जस्तो कि बिकसित देश हरु मा देखिएको नवजात शिशुहरु को मृत्युदर

हाम्रो देशमा नवजात शिशु क मृत्यु का कारण हरु क बारेमा कम अध्धयन गरिएका छन् भने हाल सम्म क आध्ययन ले के देखाउछ भने हाम्रो मा नवजात शिशु मा हुने संक्रमण एउटा मुख्य कारण हो र यस लाइ समयमै उपचार पाओस भन्ने अभिप्राय ले नवजात शिशु हरु को समुदाय मा आधारित कार्यक्रम पहिला चलिसकेको हो र सो कार्यक्रम मा महिला स्वस्थ स्वयम सेविका हरु लाइ बिशेष तालिम दिईएको थियो र कार्यक्रम पनि संचालन भैसकेको हो तर त्यो कार्यक्रम को २०१३ मा गरिएको मुल्यांकन मा धेरै जस्तो बिरामी नवजात शिशु हरु बिरामी हुदा स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मी को मा जाने ट्रेन्ड तथा धेरै स्वयम् सेविका हरुले आशा गरेजस्तो सेवा प्रदान गर्न नसकेको देखिन्छ र गत वर्ष देखि समुदायमा आधारित नवजात सिशु कार्यक्रम मा समुदाय मा आधारित बालरोग हरु को एकिकृत बालरोगहरु को व्यबस्थापन कार्यक्रम संगै समेटेर समुदायमा आधारित नवजात शिशु तथा बालरोग को एकीकृत ब्यबस्थापन कार्यक्रम संचालित छ l
साथै नवजात शिशु हरु को समस्या हरु लाइ फोकस गरेर स्वास्थ्य संस्था हरु मा हुने उपचार पद्दति का लागि प्रोटोकल विकास तालिम तथा संस्था हरु मा आबश्यक औजार उपकरण हरु को व्यबस्थापन SAARC Development Fund तथा UNICEF को सहयोग मा हुदैछ जसले नवजात शिशु हरु को मृत्युदर घटाउन उल्लेख्य योगदान दिनेछ भन्ने अपेक्षा गरिएको छ l
यसै वर्षा देखि निशुल्क नवजात शिशु हरु को उपचार तथा नवजात शिशु हरु को उपचार क लागि प्रेषण गर्दा यातायात खर्च दिने कार्यक्रम पनि पाइलोटिंग का रुप मा ४ बटा जिल्ला हरु मा सुरु गरिएको छ l कान्ति बाल अस्पताल नेपाल का सबै भाग बाट उपचार हुन नसकेर प्रेषण भएर आउने नवजात शिशु हरु को पनि एउटा आस्था को धरोहर हो र यस अस्पताल ले हाल NICU तथा NIMCU तथा सुर्जिकल ICU का सेवा मार्फत नवजात शिशु को उचित उपचारको सेवा मात्र दिईरहेको छैन देश क लागि आबश्यक जनशक्ति को उत्पादन पनि गरिरहेको छ र समग्र देश को नवजात शिशु हरु को मृत्युदर घटाउन यस अस्पताल को अहम भूमिका लाइ कसैले नकार्न सक्दैन l

डा. कृष्ण प्रसाद पौडेल
प्रमुख कन्सल्टेन्ट बालरोग बिशेषज्ञ